अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल माघ ५ गते बुधबार। इश्वी सन् २०१७ जनवरी १८ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– षष्ठी, १५:०५ बजेउप्रान्त सप्तमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काममा सफलता मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । आफन्तको सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समबन्धमा सुधार आउनेछ । कामका बिभिन्न अवसरहरु फेला पर्नेछन । बोलीको प्रभाव पनि बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ भने अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवार र आफन्तको सहयोग मिल्दा महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना समस्याको बिस्तारै समाधान हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयपछि आफन्तसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । सामाजिक र धार्मिक काममा सफलता मिल्नेछ । सहयोगीहरुले साथ दिनेछन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । पेट सम्बन्धि समस्या आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको आटेको काममा सफलता मिल्नेछ । कृषि काममा प्रगति हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । पति पत्नीबीच असमझदारी बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहि समयमा सहि निर्णय लिन सक्दा कामहरु सफल हुनेछन । कामहरु सजिलै सम्पन्न हुनेछन । स्वास्थ्यमा समस्या देखिन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित काम गर्ने मौका छ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तान सुख मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । न्यायिक काममा अबरोध आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक भेटघाटको समय छ । घरेलु काममा रुची बढ्नेछ । जग्गा जमिनको कारोबारबाट प्रसस्त फाइदा हुनेछ । मन प्रसन्न रहनेछ ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्