स्वास्थ्य सेवा सुधार गर्न श्रीलङ्कालाई विश्व बैंकले दियो १५० मिलियन अमेरिकी डलर


 


एजेन्सी । विश्व बैंकले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ ।

विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउन उक्त रकम सहयोग गरेका हो ।

क्षमता चुनौति र औपचारिक संयन्त्रको अभावले श्रीलङ्कामा प्राथमिक स्वास्थ्य सेवा सुविधाको कम उपयोग तथा हेरचाह सुविधामा भीडभाड निम्त्याएको छ ।

अघिल्लो विश्व बैंक समर्थित परियोजनाले पहिले नै ५५० प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई आवश्यक उपकरण, औषधि, स्वास्थ्य कार्यकर्ता र आधारभूत प्रयोगशाला परीक्षण सुविधासहित विस्तार गरिसकेको छ ।

नयाँ परियोजनाले श्रीलङ्काका सबै जिल्लाहरूमा सत प्रतिशत प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई समेट्न यी प्रयासहरूलाई विस्तार गर्नेछ भने थप सेवा प्याकेज र हेरचाहको गुणस्तर सुधार गरी उक हजार भन्दा बढी सुविधाहरूमा विस्तार गर्नेछ ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्