बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप


 


काठमाडौं । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

एमालेले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरेको हो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेश गर्ने तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो ।

नेपाली कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्