प्रधानमन्त्री प्रचण्डले भने – लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको बताएका छन् ।

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकार नेपाल-भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ।’

आफूले भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया आएको प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपालको सीमाका विषयमा नेपालीहरुका बीचमा अभुतपूर्व राष्ट्रय सहमति कायम रहेको पनि उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल-भारतका दुई पक्षीय संयक्र क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्