प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची


 


काठमाडौं, असार ११ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

आज बिहान ११ बजे बस्ने बैठकमा विभागीय मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभा सदस्यहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्