स्थानीय तहको निर्वाचन छिट्टै हुन्छ : प्रम प्रचण्ड


 


काठमाडौं, माघ ४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन्।

तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति जुटाएर स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा गरिने बाएका हुन् ।

उनले निर्वाचनको लागि आवश्यक राजनीतिक सहमतिका लागि आफू लागिपरेको भन्दै निर्वाचन सम्बन्धी विधेयक संसदबाट छिटै पारित हुनेमा आफु विश्वस्त रहेको पनि बाए ।

त्यसैगरि प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन आफ्नो यूएई भ्रमण सफल भएको र उर्जा सम्मेलनमा सहभागी सबै राष्ट्रले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेटसका युवराज शेख महम्मद विन जायद अल नाहृययनको निमन्त्रणामा उर्जा सम्मेलनमा सहभागी हुन गत माघ १ गते युएई गएका थिए ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्