चिनियाँ उपविदेशमन्त्री वेइडोङ काठमाडौंमा


 


काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ आज काठमाडौं आएका छन् ।

चिनियाँ उपविदेशमन्त्री वेइडोङ तीन दिने भ्रमणका लागि आज नेपाल आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका छन् ।

स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि विमानस्थल पुगेका थिए ।

नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकका लागि चिनियाँ उपविदेशमन्त्री काठमाडौं आएका हुन् ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्