कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद


 


धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छली गरि भित्र्याइएको अवैध सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहिद गेट, गोदावरी नगरपालिका–२ को रिङरोड र टिकापुर नगरपालिका–९ बालुटारबाट भन्सार छली गरेको पाँच लाख ५० हजार बराबरको अवैध सामान बरामद गरिएको छ ।

बरामद गरिएका सामानमा कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किराना पसल समानहरु रहेको डीएसपी बोहोराले बताए ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्