निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरूवा गर्ने सरकारको निर्णय


 


काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ ।

भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि मन्त्रिपरिषद् बैठकले अर्याललाई विशेष पद सिर्जना गरेर योजना आयोगमा सरुवा गरेको हो ।

अख्तियारले अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्याल भ्रष्टाचार मुद्दा दायर गरे पनि उनले राजीनामा दिएका छैनन्।

निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।

अर्याल भने आइतबार स्वत: मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्