सरकारी छाप र दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ


 


काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोलका विकास राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतलाई ५ महिना १५ दिन कैद र पच्चिस रुपैयाँ जरिवाना भराउने २०६६ साल पौष २६ गते काठमाडौं जिल्ला अदालतबाट फैसला भएको थियो ।

राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा राउतलाई पठाएको छ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्