डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस


 


काठमाडौं, असार १० । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्