मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार बिरामी


 


मकवानपुर, असार १० । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् ।

जंगली च्याउ खाँदा राक्सिराङ गाउँपालिका–७, दगुवाङका स्थानीय बलबहादुर प्रजाको मृत्यु भएको हो ।
बलबहादुरकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका छन् ।

बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएपछि स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु–याएका थिए ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्