गरिमा विकास बैङ्कका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशतसम्म छुट


 


काठमाडौं । गरिमा विकास बैङ्कका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था बैङ्कले मिलाएको हो ।

सम्झौता पश्चात गरिमा विकास बैङ्कको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाहरूबाट विभिन्न साम्रगी तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैङ्कका ग्राहकहरूले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था (कोडिङ्गल)को अधिकृत साझेदार मेन्टरल्याव इडेक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् ।

इडेक्सले बालबालिकाहरूलाई कोडिङ र ए आइ बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी बैङ्कका ग्राहकहरूले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एन जी मार्केटका वस्तु तथा सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्