ढुक्क हुनुस् २०८३ को चैतसम्म फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्री उप्रेती


 


काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराईं फास्ट ट्रयाकमा २०८३ चैतभित्रै गाडी गुड्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमा रक्षामन्त्रालयको बजेटमा माथि आएका सुझावमा जवाफ दिँदै रक्षामन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

रक्षामन्त्री उप्रेतीले भने,‘नेपाल सरकारबाट कार्यदिशा अनुसार २०८३ चैतभित्रै सम्पन्न गर्ने कार्ययोजना अनुसार तोकिएको लागत र गुणस्तरमा २०८३ चैतभित्रै त्यहाँ गाडी गुड्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

तर विवाद सिर्जना गरेर यत्ति ठूलो योजनालाई अलपत्र पार्न नहुने बताए। जहाँबाट प्रस्थानविन्दु मानिएको हो त्यही हुनुपर्ने रक्षामन्त्री उप्रेतीले बताए ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्