भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल पदबाट निलम्बित


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्त:शुल्कको स्टिकर खरिद प्रकरणमा मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै अर्याल पदबाट निलम्बित भएका छन् ।

अख्तियारले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव अर्याल पदबाट निलम्बित भएका हुन् ।

अन्त:शुल्कको स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भए स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

मुख्यसचिव अर्यालको निलम्बनसँगै सरकारले अब वरिष्ठतम् सचिवलाई कामू मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ ।

गत असारमै अवकाश पाउन लागेका अर्याललाई सरकारले घर जानु ३ दिन अघि जेठ ३२ गते मुख्यसचिवमा नियुक्त गरेको थियो।

शंकरदास वैरागीले मुख्य सचिवको पदबाट राजीनामा दिएका थिए।

तत्कालीन मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्