द्रूतमार्ग निर्माणमा वन मन्त्रालयले सहयोग नगरेको रक्षामन्त्री उप्रेतीको गुनासो


 


काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई-मधेस द्रूतमार्ग निर्माणमा वन मन्त्रालयले सहयोग नगरेको गुनासो गरेका छन् ।

संसदमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

रक्षामन्त्री उप्रेतीले पूरक वातावरणीय मूल्यांकन एसइआइए र रूख कटानमा ढिलाइ भएको बताए ।

वन मन्त्रालयल २०२२ सालको ऐन नियम छाटेर रूख काट्न नदिएको रक्षामन्त्री उप्रेतीको भनाई छ ।

जग्गा अधिग्रहणमा भइरहेको समस्या र निर्माण सामग्रीहरूको अभावका कारण पनि केही ढिला हुन गएको रक्षामन्त्री उप्रेतीले बताए।

द्रूतमार्गको प्रस्तावित शून्य बिन्दु खोकना इलाकाको जग्गा अधिग्रहणको समस्या निम्तिएको रक्षामन्त्री उप्रेतीको भनाइ छ।

त्यहाँ नियोजित रूपमा विवाद सिर्जना गरिएको पाइएको पनि उनले बताए।

सडक बनेपछि झण्डै दिनमा एक अरब जति बचत हुने रक्षामन्त्री उप्रेतीले बताए।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्