चिकित्सा शिक्षा आयोगको निर्देशकमा चारजना सिफारिस, आजै नियुक्ति हुने सम्भावना


 


काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चार जनाको नाम सिफारिस गरिएको छ ।

आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा सरला श्रेष्ठको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट उनीहरुको क्षेत्र नै तोकेर नियुक्तिका लागि सिफारिस गरिएको छ । सम्भवतः उनीहरु आजै नियुक्ति हुने छन् ।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्