संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा छलफल


 


काठमाडौँ, असार ९ । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् । सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे छलफल गरिरहेका भएपनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्