प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने तयारी, कांग्रेसको ह्वीप


 


काठमाडौँ, असार ९ । प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक २०८१ पारित गर्ने तयारी गरिएको छ। ​

संसद् सचिवालयले सूचना जारी गर्दै बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने जनाएको हो ।

त्यसअघि मन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसदीय दलले भने सांसदहरुलाई अनिवार्य रुपमा सदनमा उपस्थित हुन ह्वीप जारी गरेको छ ।

पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो ।

पार्टीले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्