कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भीर


 


धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति १२ बजेको समयमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेर दुर्घटना भएको हो ।

सो दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपालीको मृत्यु भएको हो । गम्भीर घाइते भएका नेपालीको लम्कीस्थित लालरत्न अस्पतालमा त्यहाँ उपचार हुन नसकेपछि टीकापुर अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा गाडीमा सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका छन् । उनको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्