बाढीले बगाउँदा शिक्षकको मृत्यु


 


सुर्खेत, असार ९ । जाजरकोटमा बाढीले बगाउँदा एक शिक्षकको मृत्यु भएको छ ।

शनिबार राति तारेचौर खोलामा एक्कासी आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो ।

राति ११ बजे आएको बाढीले ६ जनालाई बगाएको थियो। त्यसमध्ये रोकाया मृत भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार उनीहरु राति खोलामा माछा मार्न गएका थिए । त्यस क्रममा खोलामा एक्कासी बाढी आएको थियो । अरु पाँच जना भने पौडिएर बाँच्न सफल भएका थिए ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्