करण परियार बने नेपाल आइडल


 


काठमाडौँ, असार ९ । करण परियार नेपाल आइडल बन्न सफल भएका छन् ।

नेपाल आइडल सिजन–५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

यससंगै विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप भएका सचिन भए । उनीहरुले क्रमशस् ट्रफी र १० लाख रुपैयाँ र ट्रफी र पाँच लाख रुपैयाँ प्राप्त गरे ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्