यी पाँच प्रदेशमा वर्षा, कुन प्रदेशमा कस्तो प्रभाव ?


 


काठमाडौं, असार ८ । आज (शनिबार) देशका पाँचवटा प्रदेशमा मनसुनको बढी प्रभाव देखिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा मनसुन बढी सक्रिय देखिएको हो ।

कोशी प्रदेशबाट भित्रिएको मनसुन कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनकी पूर्वी भूभागसम्म फैलिएको छ।

मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिबार बिहान हल्कादेखि पूर्णतया बदली छ भने बाँङ्की भूभागमा आंशिक बदली छ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ८ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्