आइएमईका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट


 



काठमाडौं, ७ असार । ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलले ३० प्रतिशतसम्म छुट दिने भएको छ ।

हस्पिटल र बैङ्क बिच बैङ्कको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएपछि ग्राहकले सो छुट पाउने भएका हुन् । उक्त समझदारी पत्रमा बैङ्कका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार बैङ्कको डेबिट र क्रेडिट कार्डवाहक तथा बैङ्कको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैङ्कका ग्राहकहरूले हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, विराटनगर बरगाछीस्थित शाखा कार्यालयहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुयाउँदै आइरहेको छ ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्