प्राइम सहकारी ठगीमा संलग्न तीन जना पक्राउ


 


पोखरा। पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम हिनामिना प्रकरणमा ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् ।

सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।

सो सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना भएको थियो ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्