बिरामीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट चिकित्सक पक्राउ


 


काठमाडौं । बिरामीलाई क्लिनिकमै बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरीले एक चिकित्सकलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दायर गरेको छ ।

डा.राम गोपाल नेम्कुललाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो ।

महालक्ष्मी नगरपालिका–५ सानागाउँस्थित आफ्नै घरमा उपेन फर्मा चलाउँदै आएका डा.नेम्कुलले फर्मामै एक स्थानीय महिलालाई बलात्कार गरेको उजुरी परेको थियो ।

आफुलाई लठ्याउने सुई लगाई बिरामी जाँच्ने बेडमे बलात्कार गरेको ती महिलाको उजुरी छ ।

डा.नेम्कुलले भने जग्गा कारोबारको विषयमा ती महिलाले आफुलाई फसाएको दाबी गरेका छन् ।

महिलासँग आफुले जग्गा खरिद गरेको र त्यसवापत थप पाँच लाख माग्दै आएकाले पैसा नदिदा फसाएको दाबी गरेका छन् ।

चीनबाट इन्टर्नल मेडिसिनमा एमडी गरेका चिकित्सक नेम्कुल मिडाट र गणेशमान अस्पतालमा समेत काम गर्दै आएका छन् ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्