‘पञ्चायत सिजन ३’ बन्यो सबैभन्दा धेरै हेरिने भारतीय सिरिज


 


एजेन्सी। प्राइम भिडियो सिरिज ‘पञ्चायत’को सिजन ३ सबैभन्दा धेरै हेरिएको भारतीय सिरिज बनेको छ ।

स्ट्रिमिङ सुरु भएको १४ दिनमा प्राइम भिडियोमा यो सबैभन्दा धेरै हेरिएको भारतीय सिरिज बनेको हो । ‘पञ्चायत’को सिजन ३ अहिले स्ट्रिमिङ भइरहेको छ ।

‘पञ्चायत’का अघिल्ला दुईवटै सिजनलाई दर्शकहरुले निकै रुचाएका थिए । सन् २०२० यसको पहिलो सिजन प्राइम भिडियोमा रिलिज भएसँगै दर्शकको रोजाइमा परेको थियो ।

सिजन २ ले २०२३ मा भारतको ५४ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बेस्ट वेब सिरिज (ओटीटी) अवार्ड जितेको थियो ।

पञ्चायत सिजन ३ ले स्ट्रिमिङ सेवामा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्दै दर्शकहरूको मन जितिरहेको छ ।

दीपककुमार मिश्रा निर्देशित सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय, दुर्गेश कुमार, पंकज झा र सान्विकाको मुख्य भूमिका रहेको छ ।

चन्दन कुमारको लेखन रहेको ‘पञ्चायत’लाई द भाइरल फिभरले निर्माण गरेको हो ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्