अर्थमन्त्रीले माफी मागेपछि प्रदेशसभाको बैठक सुरु


 


पोखरा । गण्डकी प्रदेशसभा बैठक सुरु भएको छ ।

अर्थमन्त्री डा.टंकराज गुरुङले संसद्‌बाटै माफी मागेपछि प्रदेशसभा बैठक सुरु भएको हो ।

बजेट वक्तव्यमा बिग्रिएको हिसाब मानवीय त्रुटि भएको भन्दै अर्थमन्त्री गुरुङले माफी मागेका हुन् ।

एमाले उपनेता लीलाबहादुर थापाले बिहीबार बजेटको पूरा अङ्क र खर्च व्यहोर्ने स्रोतको शीर्षक नमिलेपछि संसद् चल्न नदिने चेतावनी दिएका थिए ।

उनको चेतावनीपछि प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरेका थिए।

आज अर्थमन्त्री गुरुङले सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम संशोधन गरेपछि सदन अघि बढेको हो ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्