यी दश जिल्ला, जहाँ छन् सबै भन्दा बढी डेंगु सङ्क्रमित


 


काठमाडौँ । काठमाडौँलगायत देशभरका दश जिल्लामा बढी डेंगु सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँमा १४१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, झापामा ११२ जनामा, चितवन ७५ जना मकवानपुर ५९ जनालाई डेंगु सङ्क्रमण देखिएको छ ।

यस्तै, डेंगु सङ्क्रमण बढी देखिने जिल्लामध्ये डोटी, तनहुँ, सिन्धुपाल्चोक, ओखलढुङ्गा, रुपन्देही र भक्तपुर छन् । यी जिल्लामा क्रमशः ४७, ४६, ४४, ४१, २८ र २७ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

देशभरमा ७७ जिल्लामध्ये सबैभन्दा बढी डेंगु देखिएको १० जिल्लामा मात्रै ६२० जनामा डेंगु पुष्टि ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।

देशभर दश जिल्लाबाहेक ६२ जिल्लामा ६२१ जनामा डेंगु पुष्टि भएको छ । यी सबै गरी देशभर १२ सय ४१ जिल्लामा डेंगी सङ्क्रमण देखिएको ईडीसीडीको तथ्याङ्क छ ।

जुम्ला, हुम्ला, मुगु, डोल्पा र मुस्ताङ गरी पाँच जिल्ला डेंगु सङ्क्रमणबाट सुरक्षित छ ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्