प्रधानमन्त्री प्रचण्डले भने – लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेताहरूलाई होच्याउने काम भयो


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रका लागि सङ्घर्ष र त्याग गरेका नेताहरूलाई होच्याउने काम भएको भन्दै असन्तुष्टि पोखेका छन् ।

बुद्धिजीवी सङ्गठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेताहरूलाई होच्याउने र निरंकुशतन्त्रलाई महिमा-मण्डल गर्ने कोसिस भइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका पार्टीहरू, तीनका नेताहरूलाई अपमानित गर्ने, होच्याउने र निरङ्कुश तन्त्रलाई महिमा-मण्डल गर्ने कसरत भइरहेको छ । त्यहि प्रवृत्तिले नेपालमा केही छैन, केही हुँदैन भन्ने नकारात्मक भाष्य बनाउने कोसिस भइरहेको छ । ’

लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक पक्षलाई अवमूल्यन गर्ने, अपमान गर्ने, इतिहासलाई निरंकुशतातिर सामन्ती युगमा फर्काउने कसरत भइराखेको प्रधानमन्त्री प्रचण्डले बताए ।

अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताए ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्