तोलामा १९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ ।
कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।
प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार