दिल्लीका मुख्यमन्त्री केजरीवाल आज रिहा हुने


 


नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज रिहा हुने भएका छन् ।

शराब घोटाला प्रकरणमा जेलमा रहेका उनी आज रिहा हुन लागेका हुन् ।

उनलाई बिहीबार राजउ एभिन्यु अदालतले शराब सम्बन्धी जोडिएको मनी लन्ड्रिङ विषयमा जमानत दिने फैसला गरेको थियो ।

केजरीवालका वकिल विवेक जैनले उनलाई जमानत मिलेको पुष्टि गरेका छन् । उनी अहिले दिल्लीको तिहाड जेलमा छन् ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्