ब्रह्माण्डको सबैभन्दा ठूलो विस्फोटको खोजी गरिँदै


 


पेरिस । एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ ।

यो सर्वशक्तिमान विस्फोटको किरणले पृथ्वीसम्म पुग्नका लागि अर्बौं प्रकाश वर्षको यात्रा गरेको छ । त्यसैले वैज्ञानिकहरूले ब्रह्माण्डको युवाका केही रहस्यहरूको उत्तर पाउन सकिने विश्वास गरेका छन् । यद्यपि यी चमक यति संक्षिप्त छ कि यसको अवलोकन गर्न कठिन साबित भएको छ । 

थप जान्ने उद्देश्यले स्पेस भेरिएबल अब्जेक्ट मनिटर ९एसभिओएम० शनिबार चीनको सिचुआन प्रान्तमा रहेको जिचाङ प्रक्षेपण स्थलबाट चिनियाँ लङ मार्च२सी रकेटबाट प्रक्षेपण हुँदैछ । 

दुई चिनियाँ र दुई फ्रान्सेली उपकरण रहेको अन्तरिक्ष यानले पृथ्वीबाट छ सय २५ किलोमिटर माथि परिक्रमा गर्नेछ । 

चीनको अन्तरिक्ष कार्यक्रममा विशेषज्ञ विश्लेषक चेन लानले संयुक्त मिसनको ‘राजनीतिक महत्त्व’ माथि प्रकाश पार्नुभयो । “चीन र पश्चिमबीचको सम्बन्धका लागि ‘अन्धकार समय’ मा मिसनले ‘कठिनाइहरूका बाबजुद पनि वैज्ञानिक सहयोग जारी राख्न सकिन्छ भनेर देखाउँछ’ ।”

एसभिओएमको मिसन भनेको गामा–रे विस्फोटको स्रोतको ट्र्याक गर्न आफ्नो एक्स–रे दृष्टि प्रयोग गर्नु हो । यो प्रत्येक दिन करिब एक पटक आकाशमा पत्ता लगाइन्छ । 

एसभिओएममा फ्रान्सको योगदानका मुख्य वैज्ञानिक बर्ट्रेन्ड कोर्डियरले भन्नुभयो, “यो ब्रह्माण्डीय अनुसन्धान शीतयुद्धको बीचमा सुरु भएको थियो ।”

सन् १९६७ मा अमेरिकी उपग्रहहरूले राष्ट्रहरूले आणविक परीक्षण प्रतिबन्ध सन्धिको पालना गरिरहेका छन् वा छैनन् भनेर निगरानी गरिरहेका थिए । उनीहरूले आणविक विस्फोटबाट पनि उत्पन्न हुनसक्ने गामा–रेको एउटा संक्षिप्त फ्ल्यास देखे । 

“यो अन्तरिक्षबाट आएको हो भन्ने पत्ता लगाउनुअघि उनीहरूले पृथ्वीमा आणविक विस्फोटको सामना गरिरहेको सोचे”, कोर्डियरले पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसबेलादेखि हामीले यी वस्तुहरूको उत्पत्तिलाई बुझ्ने प्रयास गरिरहेका छौँ ।”

नासाको स्विफ्ट टेलिस्कोपलगायत धेरै मिसनले पहिलादेखि नै यी उज्ज्वल रहस्यमाथि केही प्रकाश पारेका छन् । 

ज्ञात ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली घटना मानिने यो विस्फोट उच्चतम–ऊर्जा प्रकाशको चमक हो । यसले गामा–रे उत्सर्जन गर्दछ र एक सेकेन्डदेखि दसौँ सेकन्डको एक अंशको बीचमा रहन्छ । रासस/एएफपी

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्