कांग्रेस संसदीय दलको बैठक आज बस्दै


 


काठमाडौँ, असार ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक र बजेटलगायतका विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्