युरो कप : इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा


 


काठमाडौं, असार ७ । युरो कपमा इटालीलाई पराजित गर्दै स्पेन नकआउट चरणमा पुगेको छ ।

गए राति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।

स्पेनको जितमा खेलको ५५औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । यो यस प्रतियोगितामा स्पेनको लगातार दोस्रो जित हो । २ खेलमा ६ अङ्क हासिल गरेको स्पेन समूह बी बाट नकआउट चरणमा छनौट भएको छ ।

त्यस्तै इटालीको भने २ खेलमा ३ अंक छ । अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोसियासँग खेल्ने छ ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्