चरेशसहित एक जना पक्राउ


 


थानकोट, माघ ४
प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल ४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्