दुर्घटनामा दुई जनाको मृत्यु


 


धादिङ ,माघ ४
धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ खैरेनी–९ का ४५ वर्षीय माधवप्रसाद अधिकारी र खान्ने–५ का २५ वर्षीय सन्तोष जम्मर कट्टेल रहेका छन् ।

उनीहरुको राजधानीको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको बताईएको छ ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्