एनएमबि बैङ्कले थप्यो अन्तराष्ट्रिय विमानस्थलमा नयाँ एटीएम


 


काठमाडौं ६ असार । एनएमबि बैङ्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ ।

बैङ्कले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा
तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुईवटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाख १८८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत
उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।ा,

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्