डरत्रास देखाएर किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ


 


काठमाडौं, असार ६ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको इलाका प्रहरी कार्यालय कोञ्ज्योसोममा परेको थियो ।

सोही उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्