महिला संघको भेलामा देउवाले भने– विद्या भण्डारीजस्तै सक्षम बन्नुहोस्


 


काठमाडौँ, असार ६ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निकट महिला नेतृहरुलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन सुझाव दिएका छन् ।

आज कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

विद्या भण्डारी योग्य र सक्षम भएकै कारण राष्ट्रपतिको स्थानमा पुगेको भन्दै उनले महिला नेतृहरुलाई त्यस किसिमको तयारी गर्न आग्रह गरे ।

‘नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ’ देउवाले भने, ‘यही अभ्यास अन्तर्गत विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् । त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु ।’

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्