श्री एयरको भरतपुर विमानस्थलमा परीक्षण उडान सफल


 


काठमाडौं, असार ६ । श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा गरेको परीक्षण उडान सफल भएको छ ।

श्रीको ‘क्यु४०० ड्यास८’ विमानबाट बिहीबार भरतपुरमा परीक्षण उडान सफल भएको हो ।

श्रीले नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाएपछि काठमाडौं–भरतपुर नियमित उडान गर्ने जनाएको छ ।

सन् २०१७ देखि ५० सिट क्षमताका दुई वटा सिरआरजे २०० तथा ७० सीट क्षमताका २ वटा सिआरजे ७०० जेट विमानहरूबाट स्वदेशका विभिन्न गन्तव्यहरूमा नियमित उडान गरिरहेको छ ।

श्रीका यी विमानहरू काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत लगायत विमानस्थलमा उडान भइरहेको छ ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्