सुनको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्