रात्रि बस लहरीसँग ठोक्किँदा तीन जनाको मृत्यु, २५ जना घाइते


 


काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाही प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।

भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस रोकी राखेको एन एल ०१ एच ९२५२ को लहरीसँग ठोक्किँएर दुर्घटना भएको हो ।

२५ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्