विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित


 


काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सुपर–८ चरणको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक/एक विकेट लिए । यस्तै यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, किकोलस पुरनले ३६, रोभम्यान पावेलले ३६, जोडेकाब्रेन्डन किङ २३ रनमा रिटायर्ड हर्ट, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।

अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्