प्रधानमन्त्री स्वदेश फर्कदै


 


काठमाण्डौ, माघ ४

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं छन । उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन गत शनिबार यूएई गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन ।

प्रधानमन्त्री दाहाल अपरान्ह ४ वजे इत्तिहाद एयरबाट स्वदेश फर्कने दाहालको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा हिजो प्रधानमन्त्री दाहालले विशेष वक्ताका रुपमा सम्वोधन गरेका थिए ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेको थिए । दाहालले सरकारले वैदेशिक लगानीका लागि सहज नीति अवलम्बन गरेको भन्दै नेपाल एसिया मै लगानीका लागि सहज मुलुकका रुपमा स्थापित भएको समेत उल्लेख गरेका थिए ।

प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा नेपालमा सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको समेत बताएका थिए ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्