कार्कीविरुद्धको महाअभियोगमाथि समितिले आज कानुनी परामर्श गर्दै


 


काठमाण्डौ, माघ ४

सर्बोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्धको महाभियोग प्रस्ताव बारे कानुनि परामर्शकालागि महाअभियोग सिफारिस समितिले आज छलफल गर्दै छ ।  कार्की पदमुक्त भइसकेपछि प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा विवाद भएपछि संसद्को महाभियोग सिफारिस समितिले आज कानुनी परामर्श गर्ने तयारी गरेको हो ।

आज बस्ने समितिको बैठकमा कानुनी प्रक्रियाबारे थप परामर्श गरी निर्णयका लागि महान्यायाधिवक्ता, कानुन सचिव र कानुन आयोगका अध्यक्षलाई बोलाइएको छ । अख्तियारका तत्कालीन प्रमुख कार्की गत पौष २४ गतेको सर्वोच्चको आदेशपछि पदमुक्त भइसकेका छन् । उनको नियुक्ति संविधानले तोकेको योग्यता नपुगेको भन्दै सर्वोच्चले बदर गरेको हो तर काम कारबाहीका सम्बन्धमा संसदीय समितिमा रहेको प्रस्ताव भने विचाराधीन छ ।

प्रकाशित मिति: ४ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्