शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैङ्क बिच सम्झौता
काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैङ्क लिमिटेड बिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैङ्कका तर्फबाट बागमती प्रदेशका चिफ प्रोभिन्स अफिसर दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २०प्रतिशत छुट, आउटसोर्समा १०प्रतिशत छुट र एक्स–रे, भिडियो एक्सरे, इसिजी, इकोमा १०प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरुले प्रभु बैङ्को मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
प्रकाशित मिति: ५ असार २०८१, बुधबार