साउथ चाइना सीको विवादित क्षेत्रमा चीन र फिलिपिन्सबीच टकराव


 


काठमाडौं । ‘साउथ चाइना सी’को विवादित क्षेत्रमा चीन र फिलिपिन्सबीच तनाव बढेको छ । आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै फिलिपिन्सको नौसेनाको जहाजमा चिनियाँ जहाजले ठक्कर दिएको छ ।

बेइजिङले चिनियाँ जलक्षेत्रमा ‘नियम उल्लंघन गरेको आरोपमा’ विदेशीलाई पक्राउ गर्न नयाँ नियम जारी गरेपछि पहिलोपटक यस्तो घटना भएको हो ।

फिलिपिन्सको पानीजहाज अवैध रुपमा रेनाई जिओ भनिने थोमस शोलनजिकै प्रवेश गरेपछि ठोक्काइएको चीनको कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि विज्ञप्तिमा कुनै पक्षमा भएको क्षतिबारे उल्लेख भने गरिएको छैन ।

चिनियाँ कोस्ट गार्डका अनुसार हिजो (सोमबार) चिनियाँ निर्माण सामग्री ढुवानी गर्नबाट रोक्न फिलिपिन्सको जहाजलाई ठक्कर दिइएको हो ।

चीनले ‘साउथ चाइना सी’को अधिकांश भाग आफ्नो दाबी गर्दै आएको छ भने फिलिपिन्स, मलेसिया, भियतनाम, ब्रुनाई र ताइवानले पनि यस क्षेत्रलाई आफ्नो दाबी गरिरहेका छन् ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्