झापामा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी


 


झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्