महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना


 


काठमाडौं, असार ५ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ ।

कम्पनीले यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा रु. १००० को स्पेयर पार्ट्स खपत गर्नुपर्ने जनाएको छ । डेन्ट पेन्ट र बाहिरी श्रममा भने शुल्क लाग्ने भनिएको छ ।

बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले ग्राहकहरूको सुविधाको लागि यस्ता योजनाहरू ल्याइएको बताए । ‘हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।’ श्रेष्ठले बताए ।

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू गरिएको छ ।
साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ ।

यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्विसिंग, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंग, लगायत अन्य सुबिधा पनि उपलब्ध गराउने छ ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्